जाद्रनको शतकमा इङ्ग्ल्यान्डलाई ३२६ रनको लक्ष्य

काठमाडाैँ । च्याम्पियन्स ट्रफी अन्तर्गत समूह बी काे आफ्नाे दाेस्राे खेलमा इब्राहिम जाद्रानको कीर्तिमानी शतकगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३२६ रनकाे बिशला लक्ष्य दिएको छ।

पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रनको बलियो योगफल तयार गर्यो।

अफगानिस्तानका लागि जाद्रानले सर्वाधिक १७७ रन जोडे। उनले १४६ बलको सामना गर्दै १२ चौका र ६ छक्का प्रहार गरे। जाद्रानले अफगानिस्तानका लागि च्याम्पियन्स ट्रफीमा ऐतिहासिक पहिलो शतक प्रहार गरे। अफगानिस्तानको च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा नै यो सम्भव भएको हो।

अफगानिस्तानका लागि जाद्रानले नै २ वर्ष अघि ओडिआई विश्व कपमा पनि पहिलो शतक प्रहार गरेका थिए। ओडिआई करियरको छैठौं शतक जाद्रानले १०६ बलमा पूरा गरे । जाद्रानले १३४ बलमा पूरा गरे। जाद्रानले च्याम्पियन्स ट्रफीमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान समेत बनाए। गत शनिवार अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ग्ल्याण्डका बेन डकेटले बनाएको १६५ रनको कीर्तिमान तोडेका हुन्।

३७ रनमा ३ विकेट गुमाएर कठिन अवस्थामा पुगेको अफगानिस्तानका लागि जाद्रान र कप्तान हशमतुल्लाह शाहिदीले १०३ रनको साझेदारी गरे। कप्तान शाहिदीले ६७ बलमा ३ चौकाको सहयोगमा ४० रन जोडे।

पाँचौ विकेटका लागि जाद्रानले अज्मतुल्लाह उमरजाइसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे। उमरजाइ ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए। छैठौं विकेटका लागि मोहम्मद नाबीसँग जाद्रानले १ सय ११ रनको साझेदारी गरे। नाबीले २४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रन जोडे।

इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३, लियम लिभिङ्स्टोनले २, जेमी ओभरर्टन र आदिल राशिदले समान १ विकेट लिए।

यसअघिकाे पहिलाे खेलमा पराजित दुबै टाेली पहिलाे जितकाे खाेजिमा छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको