एसिया कप सेप्टेम्बरमा हुने

काठमाडौं । एसीसी एसिया कप क्रिकेट २०२५ आगामी सेप्टेम्बरमा हुने भएको छ । भारतमा हुने तय भएको भएपनि अब भेन्यू भने परिवर्तन गरिने भएको छ।

टी-२० फर्म्याटमा हुने प्रतियोगिता श्रीलंका वा यूएईमा हुनेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सोझै छनोट भएका छन्।

एसीसी प्रिमियर कपमा शीर्ष ३ मा रहेका टोलीहरू हङकङ, यूएई र ओमान पनि खेल्ने छन् । नेपाल भने यसपटक यस प्रतियोगितामा देखिने छैन । सन् २०२४ मा ओमानमा भएको एसीसी प्रिमियर कपमा खराब प्रदर्शन गरेपछि नेपाल एसिया कपबाट वञ्चित भएको हो।

प्रिमियर कपको विजेताले एसिया कप खेल्ने प्रावधान रहेपनि पछि २ टोली थपेर खेलाउने निर्णय हुँदा प्रिमियर कपकै उपविजेता र तेस्रो स्थानको टोलीले मौका पाएका हुन्।

नेपाल सेमिफाइनलमा यूएईसँग पराजित हुँदा तेस्रो स्थानको खेलमा हङकङसँग पनि परााजित भएको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको