काठमाडौं । आइिसीसी च्याम्पियन ट्रफी २०२५ अन्तर्गत समूह बी को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध इङ्ग्ल्यान्डले टस जितेर ब्याटिङ सुरु गरेको छ।
कराँचीस्थित राष्ट्रिय रंगशालामा पहिले ब्याटिङ थालेको इङ्ल्यान्डले यो समाचार तयार पार्दा ६ ओभरको समाप्ति २ विकेट गुमाउँदै ३७ रन बनाएको छ।
यसअघि दुबै टोलिले दुई खेल खेलिसकेका छन्। दक्षिण अफ्रिकाको ३ अंक छ भने इङ्ग्ल्यान्ड अंक बिहिन छ। यदि यो खेलमा विजयी भए वा बराबरी भएको खण्ड अफ्रिका सेमिफाइनलमा प्रवेश गर्नेछ। यता, इङ्ग्ल्यान सान्त्वना जित निकाल्दै प्रतियोगिता अन्त्य गर्न चाहान्छ।
यस समूहबाट चार अंकसहित अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ।