च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौं । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा दुई बलिया प्रतिस्पर्धी भारत र अष्ट्रेलिया खेल्दैछन्। खेल नेपाली समयअनुसार दिउँसो २:४५ मा सुरु हुनेछ।

च्याम्पियन्स ट्रफिमा अष्ट्रेलियाका लागि केही खेलाडी अनुपस्थित छन्। अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीमा ३ मध्ये २ खेल वर्षाको कारण प्रभावित बन्न पुग्यो। अफगानस्तानसँगको खेल भने अष्ट्रेलियाले सहज जितसहित अंक बटुलेको थियो।

२०१० यता अष्ट्रेलियाले समान २३ पटक हार र जित बेहोरेको छ। त्यस्तै, च्याम्पियन्स ट्रफीमा यी दुई टिम ४ पटक आमनेसामने भएका छन्। जहाँ भारतले २ जित र १ हार र १ खेल नतिजाविहिन बनेको छ। भारतले प्रतियोगितामा १३ पटक टस हारेको छ। जसमा १० पटक रोहित शर्मा र ३ पटक के एल राहुल कप्तान थिए।

अष्ट्रेलियाका लागि म्याक्सवेललाई यो खेल निकै महत्वपूर्ण हुनेछ। म्यासवेलले एकदिवसीय अन्तर्राष्ट्रियमा ४ हजार रन पूरा गर्न १७ रनको आवश्यकता रहेको छ। यता के एल राहुललाई ३ हजार एकदिवसीय रन पूरा गर्न ३३ रन चाहिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको