काठमाडौं। ब्याटर र राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन गरेका छन्।
बुधबार मल्लले ललितपुर, सानेपास्थित उक्त एकेडेमीको उद्घाटन गरेका हुन्।
सोही क्रममा उनले नेपालमा क्रिकेटलाई एकेडेमिक हिसाबले अगाडि लैजाने उद्देश्यले २००९ मा काठमाडौं क्रिकेट टेनिङ सेन्टरको स्थापना गरेको भन्दै रेडियन्ट क्रिकेट एकेडेमी त्यसैको निरन्तरता भएको बताएका छन्।