काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा समेटियो।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। उनले ४५ बलमा ३ चौका प्रहार गरे। अभिषेक गौतमले १६, नीरोजन डिक्वेलाले १४ तथा शेर मल्लले १२ रन बनाए।
काठमाडौंका जहान्दाद खानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा २३ रन खर्चिए। करण केसीले २ तथा साहब आलम, सन्तोष यादव, राशिद खान र सहान अराचिगेले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो।
काठमाडौंका लागि डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए। उनले ५० बलमा ९ चौका र १ छक्का प्रहार गरे। साहिल पटेलले ३८ तथा सहान अराचिगेले अविजित ३४ रनको योगदान दिए।
लुम्बिनीका अभिषेक गौतम, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले समान २ विकेट लिए भने सहान अराचिगेले १ विकेट लिए।
यस जितसँगै काठमाडौंले ४ खेलबाट ६ अंक जोडेको छ। टोली नेट रनरेटका आधारमा दोस्रो स्थानमा उक्लिएको छ। लुम्बिनी भने ५ खेलबाट ७ अंकसहित शीर्ष स्थानमै छ।