काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र बोरुसिया डर्टमन्डले जित निकालेका छन्।
शनिबार भएको खेलमा बायर्न म्युनिखले मेन्जलाई २–१ गोलले पराजित गरेको छ। बायर्नको जितमा जोसुवा किमिखले १४औँ र लेनार्ट कार्लले ५७औँ मिनेटमा गोल गरे। मेन्जका फिलिप टिट्जले इन्जुरी समयको दोस्रो मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस्तै, अर्को खेलमा बोरुसिया डर्टमन्डले एसभी एल्भर्सबर्गलाई २–१ गोलले हरायो। डर्टमन्डका लागि फेलिक्स नेमेचाले ५५औँ र ७१औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। एल्भर्सबर्गका नोएल फुत्केउले ८१औँ मिनेटमा एक गोल फर्काए।
जितसँगै बायर्न र डर्टमन्ड दुवैले ९ खेलबाट २१ अंक जोडेका छन्। गोल अन्तरका आधारमा बायर्न शीर्ष स्थानमा छ भने डर्टमन्ड दोस्रो स्थानमा रहेको छ।