दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काठमाडौं। दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन ट्रफीको फाइनलमा पुगेको छ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड ५० रनले विजयी भएको हो। योसँगै न्युजिल्यान्डले उपाधिका लागि भारतसँग खेल्ने पक्का भएको छ।

पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई चार विकेटले पराजित गर्दै भारतले फाइनलको यात्रा तय गरिसकेको छ।

न्युजिल्यान्डले दिएको ३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३१२ रन मात्रै बनाउन सक्यो।

मिलरले अविजित रहँदै ६७ बलमा १० चौका र चार छक्का सहित १०० रन बनाए। दक्षिण अफ्रिकाले खराब सुरुआत गरेको थियो।

ओपनर रायन रिकलटन १७ रनमै क्याच भए। त्यतिखेर दक्षिण अफ्रिकाको स्कोर ४.५ ओभरमा २० रन मात्रै थियो। तर, कप्तान तेम्बा बवूमा र रासी वान दर दुन्सेले दोस्रो विकेटका लागि १०५ रनको विशाल साझेदारी गर्दै टोलीलाई खेलमा पुनरागमन गराए।

तेम्बा २२.२ ओभरमा ५६ रन बनाउँदै केन विलियम्सनबाट क्याच भए। ७१ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। रासी त्यसको चार ओभरपछि ६९ रनमा बोल्ड भए। उनले ६६ बलमा चार चौका र दुई छक्का प्रहार गरे। यी दुवैलाई मिचेल स्यान्टनरले आउट गराएका हुन्।

त्यसपछि दक्षिण अफ्रिकाको संकट चुलिएको हफ। एडन मारक्रम ३१, हाइनरिक क्लासन तीन, वियान मुल्डर आठ, मार्को यानसन तीन, कागिसो रबाडा १६ र केशम महाराजा एक रनमा पभिलियन फर्किए।न्युजिल्यान्डका कप्तान स्यान्टनरले सर्वाधिक तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए। म्याट हेनरी र ग्लेन फिलिप्सले समान दुई विकेट लिँदा माइकल ब्रेसवेल र रचिन रवीन्द्रको नाममा एक/एक विकेट रह्यो।

त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले रचिन रवीन्द्र र केन विलियम्सनको सानदार शतकसँगै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रनको योगफल तयार गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको