ललितपुर च्यम्पियन

काठमाडौं । ललितपुर जिल्ला अपराजित रहँदै प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटको च्याम्पियन बनेको छ ।

बिहीबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा सम्पन्न फाइनलमा ललितपुरले मकवानपुर जिल्लाविरुद्ध ६५ रनको जित दर्ता गर्यो ।

ललितपुरले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १२७ रनमै समेटियो । मकवानपुरका लागि विशाल फुयालले ४१, युविन बुढाथोकीले २५ र रिजन ढकालले १६ रन बनाए ।

ललितपुरका लागि नन्दन यादवले चार, सूर्य तामाङले तीन र विपिन आचार्यले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १९२ रनको योगफल तयार पारेको थियो । ललितपुरका लागि आदिल खानले ६४ बलमा ५५, सूर्य तामाङले ३६ र कप्तान आशुतोष घिरैयाले २८ रन बनाए ।

मकवानपुरका लागि साकार गजुरेलले चार, समीर चौलागाईँले दुई र रिजन ढकालले एक विकेट लिए ।

ललितपुरका नन्दन यादव प्रतियोगिताकाे सर्वोत्कृष्ट खेलाडी चुनिए । ललितपुरकै सूर्य तामाङ उत्कृष्ट बलर र भक्तपुरका शैरभ सखलार्मी उत्कृष्ट ब्याटर चुनिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको