युगान्डाको सामान गर्दै नेपाल

काठमाडौं । वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको दोस्रो खेलमा आइतबार नेपालले घरेलु टोली युगान्डाको सामना गर्दैछ ।खेल एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको खोजिमा छ । पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

यता युगान्डा लगातार दोस्रो जितको लक्ष्यमा छ । युगान्डाले पहिलो खेलमा हङकङलाई आड विकेटले पराजित गरेको थियो ।

नेपालले हालसम्म युगान्डासँग हालसम्म पाँच खेल खेलेको छ । सन् २०२२ मा कीर्तिपुरमै भएको पाँच खेलको उक्त शृंखला युगान्डाले ३-२ ले जितेको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको