कर्णाली प्रदेशले सुदूरपश्चिमलाई हरायाे

काठमाडौं । दाङको लमहीमा भएको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ७९ रनको जित निकालेको छ। घरेलु क्रिकेटमा बलियो मानिएको सुदूरपश्चिममाथि यसअघि कमजोर प्रदर्शन गर्दै आएको कर्णालीले पहिलो खेलमा नै उत्कृष्ट जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४०.४ ओभरमा १५५ रनमा अलआउट भएको थियो। उसका लागि अर्जुन घर्तीले जोडेको ७१ रन महत्वपूर्ण सावित भयो। बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमै अलआउट भयो। सुदूरपश्चिमका लागि खडक बोहाराले सर्वाधिक २७ रन बनाए। बलिङमा कर्णालीका दीपेन्द्र रावतले सात विकेट लिए। प्लेयर अफ दि म्याच रावतले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको