टस जितेर हङकङविरुद्ध नेपालले फिल्डिङ गर्दै

काठमाडौं । वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

नेपालले टस जितेकाे छ । नेपाली राष्ट्रिय टोलीका कप्तान इन्दु बर्माले टस जितेर पहिला हङकङलाई ब्याटिङको निम्तो दिएकी छन् ।

यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको