मधेश प्रदेशले कोशीलाई दियाे २८४ रनकाे लक्ष्य

काठमाडाैं । सिदार्थ रंगशालामा जारी खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो ।

मधेशका लागि पवन सर्राफले सर्वाधिक ९२ रन बनाए । चोटका कारण लामो समयपछि क्रिकेटमा फर्केका सर्राफले पहिलो खेलमै लय देखाए ।

कप्तान अनिल साहले ७५ तथा दिपेश दासले अविजित ५६ रन बनाए । हरिशंकर साहले २९ रन बनाए ।

कोशीका लागि बिपिन महतो र प्रकाश कार्कीले २-२ विकेट लिए भने फिर्दोश अन्सारी र दिपेश कँडेलले १-१ विकेट लिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको