काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट अन्तर्गत सिदार्थ रंगशालामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल भइरहेको छ। जारी खेलमा सुदूरले आर्मीलाई सामान्य लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले ४५.३ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको छ। निश्चल क्षेत्री ४९ रनमा अविजित रहेपनि अन्यबाट साथ पाउन सकेनन्। सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए।
आर्मीका शाहब आलमले १० ओभरमा १९ रन दिएर ४ विकेट लिए भने सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले १-१ विकेट लिए।