लुम्बिनीले गण्डकीलाई दियो २१८ को लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई २१८ रनको बलियो लक्ष्य दिएको छ।

बुटवलको सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४९.५ ओभरमा २१७ रन बनाउँदै अलआउट भएको हो।

लुम्बिनीको लागि प्रज्वल थापाले सर्वाधिक ७२ रन बनाए। उनले ७९ बलमा ७ चौका र १ छक्का प्रहार गरे। ओपनरद्वय मिर्नाल गुरुङ र मनिष थापाले क्रमशः ३८ र २४ रन बनाए। कप्तान देव खनालले ३३ रन बनाउँदै क्याच भए। प्रश्वन केसीले २५ रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गण्डकीको लागि अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए। चन्द्र पौडेल र कप्तान विपिन खत्रीले समान २–२ विकेट लिए। सुवास भण्डारी,कमल परियार र वंश क्षेत्रली १–१ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको