काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगिता अन्तर्गत लमहीस्थित , देउखुरी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको एपिएफ २७.४ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको छ।
एपिएफका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए।
ओपनर लोकेश बमले २२ रन बनाउँदा अर्का ओपनर आशिफ शेखले १० रन बनाए। अमर सिंह रौतेलाले १० रन बनाउँदा किशोर महतो ४ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसका लागि सागर ढकाल,करण केसी,गुल्सन झा र कुशल भुर्तेलले १–१ विकेट लिए। ललितले ७.४ ओभर बलिङ गर्दै ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिएका छन्।
यी दुबै टाेलीले यसअघिका दुई खेलमै जित हासिल गरेका थिए।