काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १४२ रनकाे लक्ष्य दिएकाे छ।
एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन जोडे । उनले ९१ बलको सामना गरेर ९ चौका प्रहार गरे ।
किशोर महतो, अमरसिंह राउटेला र भुवन कार्की समान ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपर आसिफ शेख ६, अर्का ओपनर लोकेस बम र कप्तान रोहित पौडेल समान ४ तथा कमलसिंह ऐरी ३ रनमा आउट भए ।
आर्मीका लागि आकाश चन्दले ४, सोमपाल कामीले ३, शाहब आलमले २ तथा बसिर अहमदले १ विकेट लिए ।