गण्डकीले आर्मीलाई दियो ११७ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले त्रिभुवन आर्मी समक्ष ११७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

लमहीस्थित, देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ३०.३ ओभरमा ११६ रन बनाउँदै अलआउट भएको हो।

गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए। उनले ४९ बलमा ४ चौका प्रहार गरे।

दिपक डुम्रेले १९, कमल परियारले १७ र कप्तान विपिन खत्रीले १५ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्रिभुवन आर्मीका लागि बलिङमा साहब आलमले सर्वाधिक ५ विकेट लिए। नरेन साउद र कुशल मल्लले समान २–२ विकेट  लिए।

आर्मी र गण्डकीले यस प्रतियोगितामा सातौं खेल खेलिरहेका छन्। गण्डकी अघिल्लो ६ खेलमा १ मात्र जितसहित अंक तालिकाको पुछारमा रहेको छ। आर्मी भने समान ६ खेलबाट ५ जित र १ हारसहित तालिकाको दोस्रो स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको