मस्कटमाथि जुत्ता प्रहार गर्ने घटनामा बोल्ट्स आर्मीको आपत्ति

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत बिहिबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीचको खेलका क्रममा लुम्बिनीको मस्कट ‘सिंह राजा’ माथि जुत्ता प्रहार भएको घटनाप्रति जनकपुर बोल्ट्स आर्मीले आपत्ति जनाएको छ।

बोल्ट्स आर्मीले विज्ञप्ति जारी गर्दै घटनामा आफ्ना कुनै पनि सदस्यको संलग्नता नरहेको स्पष्ट पारेको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

‘हाम्रो पहिचान खेलप्रतिको माया हो, घृणा र हिंसा होइन,’ विज्ञप्तिमा भनिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको