कर्णालीले मधेशलाई दियाे २२१ रनकाे लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले मधेश प्रदेशविरुद्ध २२० रनको ऐतिहासिक योगफल तयार गरेकाे छ।

टस जितेर पहिले ब्याटिङ गरेकाे कर्णालीले ४९‍.१ ओभरमा सबै विकेट गुमाएर २२० रनको बनायाे।

कर्णालीका लागि निरन्तर दोस्रो खेलमा अर्धशतक बनाएका दीपेन्द्र रावतले सर्वाधिक ६१ रन जोडे। पाँचौं विकेटका लागि दीपेन्द्रले अर्जुन घर्तीसँग ३६ रनको साझेदारी गरे। अर्जुन २० बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रनमा आउट भए।

दिनेश अधिकारीले २४ रन जोडे। प्रकाश जैशी ३७ बलमा २०, रविन्द्र जंग शाही १४ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान दिवान पुन २० बलमा १८ रनमा नट आउट रहे।

मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, कप्तान अनिल साह, कमल गुप्ता र हरिशंकर साहले समान २ विकेट लिए।

कर्णाली ६ खेलमा ६ अंकका साथ पाँचौ स्थानमा छ। मधेश ५ खेलमा ४ अंकका साथ छैठौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको