पीएम कप : बागमती र कोशी भिड्दै

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदै छ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज बागमती प्रदेश र कोशी प्रदेशबीच खेल हुँदै छ। यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ।

जारी प्रतियोगितामा बागमती प्रदेशले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ भने कोशी प्रदेशले ६ खेलमा एक जित र ५ हार बेहोरेको छ।

पुलिसले ७ खेलमा अपराजित रहँदै १४ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै त्रिभुवन आर्मी क्लब ७ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर दोस्रो स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको