काठमाडौं । ब्याटर किरण ठगुन्नाको आक्रामक शतकमा कोशी प्रदेशविरुद्ध सुदूरपश्चिम प्रदेशले २४२ रनकाे बलियो योगफल बनाएको छ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेटमा कोशीविरुद्ध ठगुन्नाले आक्रामक शतकसहित ११५ रन बनाए। ठगुन्नाको प्रधानमन्त्री कपको सिजनको यो दोस्रो शतक हो।
दाङको देउखुरी रंगशालामा टस जितेर ब्याटिङ रोजेको सुदूरले ४३.३ ओभरमा सवै विकेट गुमाएर २४२ रन बनायो। यस्तै, टेक रावतले १६, अर्जुन विकले १०, शेर मल्ल र कप्तान नारायण जोशी १४ रन थपे।
कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ३, कप्तान अंकित सुवेदी र फिरोज अनसारी समान २ विकेट लिँदा दीपेश कँडेल र प्रकाश कार्कीले समान १ विकेट लिएका थिए।