काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २४४ रनकाे चुनौतीपूर्ण लक्ष्य दिएको छ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा अलआउट हुँदै २४३ रन बनायो। बसिरले १०४ बलमा ६ चौकासहित ८६ रन बनाए। तृतराज दासले ३१ तथा सोमपाल कामीले २८ रन बनाए।
लुम्बिनीका लागि अजय चौहानले १० ओभरमा ४७ रन दिएर ४ विकेट लिए। कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रासन केसी, नर सार्की र कप्तान देव खनालले १-१ विकेट लिए।
लुम्बिनीले ७ खेल खेल्दा ४ खेल जितेकव छ भने आर्मीले ७ खेल खेल्दा ६ जित निकालेको छ।