एपीएफले गण्डकीलाई दियो २५९ रनको लक्ष्य

काठमाडौं ।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा ओपनर आसिफ सेखले ७४ बलमा ८० रनको आक्रामक पारी खेल्दा एपीएफले गण्डकी प्रदेशलाई २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एपीएफका अर्का ओपनर लोकेश बमले ४६ रन बनाए। यसका अतिरिक्त सुमित महर्जन ३१, कमल सिंह ऐरी २५, अमरसिंह रौटेला २४, दीपक बोहोरा ११, भुवन कार्की १५ रन बनाएर आउट भएका थिए।

भैरहवाको एक्सट्रा टेक ओभलमा टस जितेर बलिङ रोजेको गण्डकीका लागि सुदीप अर्याल र सन्दीप पराजुलीले समान ३-३ विकेट लिएका थिए। कमल परियारले २ विकेट लिँदा चन्द्र पौडेलले १ विकेट लिएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको