प्रधानमन्त्री कपमा आज ३ खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय प्रतियोगितामा आज  ३ खेल हुँदैछन्। आज गण्डकी र मधेश, एपीएफ र लुम्बिनी तथा बागमती र कोशीबीच खेल हुनेछ।

गण्डकी र मधेशबीचको खेल सिद्धार्थ रंगशालामा हुँदैछ। एपीएफ र लुम्बिनीबीचको खेल एक्स्ट्रा टेक ओभल दाङमा हुँदैछ भने बागमती र कर्णालीबीचको खेल देउखुरी रंगशालामा हुँदैछ।

यी ३ खेल ९ बजे सुरु हुनेछ। आजको खेलबाट प्ले अफ र शीर्ष २ मा पुग्ने लगभग टुंगो लाग्नेछ। प्रतियोगिताका शीर्ष २ टोली फाइनलमा पुग्नेछन्। हालसम्म नेपाल पुलिस क्लव अपराजित रहँदै शीर्षमा छ।

शीर्ष स्थानका दुई टोलीबीच फाइनल खेल आगामी शनिबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको