वाको किक बक्सिङका लागि ५ खेलाडी छनोट


काठमाडौं । नेसनल किक बक्सिङ ऐसोसिएसन नेपालले वाको किकबक्सिङ वल्र्ड कपमा सहभागिताका लागि ५ खेलाडी छनोट गरेको छ।

दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट ४ पुरुष र १ महिला खेलाडी छनोट गरेको संघले जनाएको छ।

पुरुष ५७ केजीमुनि सुदूरपश्चिम प्रदेशका आसिक कोली, ६७ केजीमुनि बागमती प्रदेशका सागर दर्जी, ६९ केजीमुनि बागमतीका सुनिम श्रेष्ठ र ७१ केजीमुनि बागमतीका कोशिस श्रेष्ठ छानिए।

महिला ५१ केजीमुनि बागमतीकी सन्जु सुम्बा तामाङ सहभागी हुने छिन्। थाइल्यान्डमा हुने प्रतियोगिताका लागि खेलाडीको बन्द प्रशिक्षण चैत १२ गतेदेखि सुरु हुने बताइएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको