काठमाडौं । नेपाली युवा फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यले डोल्पो एफसीले पहिलो इन्टर एकेडेमी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी ११ अप्रिलमा ग्रीन फुटसल तीनकुनेमा हुने प्रतियोगितामा यु-१०, यु-१३, र यु-१६ उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
यस्तै, प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी र नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ‘बेस्ट प्लेयर’, ‘बेस्ट कीपर’, सर्वाधिक गोल कर्ता जस्ता विशेष पुरस्कारहरू प्रदान गरिनेछ।
डोल्पो एफसीले पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगिता नेपाली युवा फुटबल खेलाडीहरूको प्रतिभा उजागर गर्ने उत्कृष्ट अवसर बन्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, प्रतियोगिताले एकेडेमी स्तरमा फुटबल खेलको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।