आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  आइतबार दुई खेल हुँदैछ।

पहिलो खेलमा साविक उपविजेता सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन्। खेल अपराह्न पौने ४ बजेदेखि हैदराबादमा शुरु हुनेछ।

त्यस्तै, दोस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्ने छन्। ५/५ पटकका विजेता यी दुई टोलीबीचको खेल चेन्नईमा बेलुकी पौने ८ मा शुरु हुनेछ।

शनिबार राति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ। अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो। जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रनमा समेटियो। गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो। मुम्बईको यो लगातार दोस्रो हार हो।

सन् २००८ देखि शुरु भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जित्दै सर्वाधिक सफल टोली हुन्। त्यस्तै, कोलकाताले तीनपटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १/१ पटक उपाधि जितेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको