सिन्धुपाल्चोक । ११औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले चौताराले जितेको छ।
चौतारा टुँडिखेलमा मंगलबार सम्पन्न प्रतियोगितामा चौताराले ३० स्वर्ण, २० रजत र ७ कास्यसहित उपाधि जितेको हो।
१० स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्दै बाह्रबिसे नगरपालिका दाेस्राे तथा ७ स्वर्ण, १० रजत र ८ कास्य जितेकाे भोटेकोसी गाउँपालिका तेस्राे भयाे।
सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले
पदक विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, भलिबल, एथलेटिक्स र कप्पडी गरी ६ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।


