आइपीएलमा मुम्बई इन्डियन्सको तेस्रो जित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बइले तेस्रो जीत निकालेको हो।

मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गर्‍यो।

मुम्बईको जितमा विल ज्याक्सले ३६, रायन रिकेल्टनले ३१, कप्तान रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ रनको योगदान गरे।  हैदराबादको लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए।

पहिलो इनिङ्समा हैदराबादका लागि अभिषेक शर्माले ४०, हेनरिक क्लासनले ३७, ट्रभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत वर्माले अविजित १८ रन बनाए। मुम्बईका लागि विल ज्याक्सले दुई तथा ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र कप्तान हार्दिक पाण्डेयाले समान एक एक विकेट लिए।

तेस्रो जितपछि ७ खेलमा ६ अंक जोडेको मुम्बई सातौँ स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको