पञ्जाबको पाँचौं जित, बेंगलुरु ५ विकेटले पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किङ्सले पाँचौं जित निकालेको छ। शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५ विकेटले हराएको हो।

वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा बेंगलुरुले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। नेहाल वढेरा ३३ रनमा अविजित रहे। प्रियान्श आर्याले १६ तथा जोश इङ्लिसले १४ रन बनाए। बेंगलुरुका जोश हेजलवूडले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। टिम डेभिडले अविजित ५० रन बनाउँदा कप्तान रजत पाटिदारले २७ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन्। पञ्जाबका मार्को यानसेन, युजभेन्द्र चहल, अर्शदीप सिंह र हरप्रित ब्रारले २–२ विकेट लिए।

यस जितपछि ७ खेलमा १० अंक भएको पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु चौथो स्थानमा झरेको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको