नेपाल सुपर लिग : फाइनलमा पुग्न आज पोखरा र धनगढी खेल्दै


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् ।

खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । आइतबार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो ।

त्यस्तै शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो । आजको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग शनिबार खेल्नेछ ।

आजको खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस दशरथ रङ्गशाला जाने भएका छन् । कार्लोस मंगलबार काठमाडौं आइपुगेका हुन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको