काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले स्कटल्यान्डमा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ का लागि राष्ट्रिय टोलीको अन्तिम सूची सार्वजनिक गरेको छ ।
आगामी जुन २०२५ मा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ मा नेपाली टिमको कप्तानी नियमित कप्तान रोहित पौडेलले गर्ने भएका छन् । यसैगरी, उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई नै दिइएको छ । विकेटकिपिङको भूमिका आरिफ सेखले सम्हाल्नेछन् ।
१. रोहित पौडेल (कप्तान)
२. दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
३. आरिफ सेख (विकेटकिपर)
४. कुशल भुर्तेल
५. अनिल साह
६. भीम सार्की
७. आसिफ सेख
८. सन्दीप लामिछाने
९. बसिर अहमद
१०. गुलशन झा
११. सोमपाल कामी
१२. करण के.सी
१३. विक्रम नारायण राजवंशी
१४. नन्दन यादव
१५. रिजन धकाल
लिग–२ को खेल पछि नेपालले स्कटल्यान्डमा आयोजना हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजको तयारी स्वरूप थप ३ खेलाडीलाई टिममा समावेश गरिएको छ । उनीहरूको नाम सार्वजनिक गरिए पनि लिग–२ सकिएपछि मात्र पूर्ण टिममा औपचारिक रूपमा समावेश हुनेछन् ।
टी–२० का लागि अतिरिक्त ३ खेलाडीः
१.रुपेश कुमार सिंह
२. लोकेश बम
३. करण ठगुन्ना