काठमाडौं। नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत हङकङसामु ३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २९ रनको योगफल तयार पार्यो।
वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको छ। नेपालका लागि सम्झाना खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कप्तान इन्दु बर्मा ९ र रुबिना क्षेत्री चार रनमा अविजित रहे। पूजा महतो तीन र कविता कुँवर दुई रन बनाएर आउट भए।
हङकङका तीनै विकेट एलिसन सिउले लिइन्।
नेपाल दुई खेलमा तीन अंकका साथ समूह ‘सी’ को शीर्ष स्थानमा छ।