काठमाडाैँ। विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ।
प्रतियोगिता आगामी जेठ ४ गते देखि १० गतेसम्म बिराटनगर-६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा एनबिएससि लायन्स, विराटनगर क्रिकेट क्ल्ब एकाडेमी, एग्रो भेट क्रिकेट क्ल्ब, विराटनगर प्यान्थर्स, युनाइटेड लायन हर्ट्स, मिल्स क्रिकेट क्ल्ब, कोशि प्राइड लिग गरि कुल ७ टिमको सहभागिता रहनेछ।
प्रतियोगिताको उद्घाटन खेल एनबिएससि लायन्स र विराटनगर क्रिकेट क्ल्ब एकाडेमी बिच हुनेछ। खेल दिवा र रात्रिकालीन समयमा सञ्चालन हुनेछ।