दिल्लीमाथि गुजरातको १० विकेटको सानदार जित, ३ टोली ‘प्ले अफ’मा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्स १० विकेटको जित निकाल्दै ‘प्ले अफ’ पुगेको छ।

अरूण जैटली स्टेडियममा आइतबार सम्पन्न खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई १० विकेट पराजित गरेकाे हाे।

गुजरातको जितमा रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब सुपर किंग्स पनि ‘प्ले अफ’मा प्रवेश गरेका छन्। २०० रनको चुनौती गुजरातले १९ ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्दै १० विकेटको सानदार जित दर्ज गर्‍यो।

ओपनरद्वय शुभमन र सुदर्शनले सानदार शैलीमा गुजरातलाई एकपक्षीय जित दिलाए। दिल्लीका कुनै पनि बलरले यी दुई खेलाडीलाई आउट गर्न सकेनन्। शुभमनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १०८ रन जोडे। शुभमनले ५३ बलमा अविजित ९३ रन बनाए। यो सँगै गुजरातले १० विकेटको जित हात पार्यो।

त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर गुजरातले दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९९ रन बनायो।

ओपनर फाप डु प्लेसिस ५ रनमा आउट हुँदा दिल्लीले १६ रन बनाएको थियो। तर अर्का ओपनर केएल राहुल र अभिषेक पोरेलले दोस्रो विकेटको लागि ९० रनको साझेदारी गरे।

अभिषेक ३० रन जोडेर साइ किशोरको बलमा आउट भए। अक्षर पटेल २५ रनमा समेटिए। केएल राहुल भने क्रिजमा जमे। उनले शतकीय पारी खेले।

केएलले ६० बल खेल्दै १२ चौका र ४ छक्का सहित शतकीय सफलता प्राप्त गरे। उनले बिष्फोटक ब्याटिङ गर्दै अविजित १ सय १२ रनको तारिफयोग्य प्रदर्शन गरे। ट्रिस्टान स्टब्स अविजित २१ रनमा रहे।

बलिङमा गुजरातको लागि अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १ विकेट लिए। जितसँगै गुजरात १८ अंक सहित शीर्षस्थानमा उक्लिदै प्ले अफमा प्रवेश गरेको छ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको