लखनउ प्लेअफको दौडबाट बाहिरियो

काठमाडौं । लखनउ सुपर जाइन्ट इन्डियन प्रिमियर लिग आइपिएलकाे प्लेअफको दौडबाट बाहिरिएको छ।

साेमबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादसँग ६ विकेटले हारेसँगै लखनउ प्लेअफको दौडबाट बाहिरिएको हो।

लखनउले प्रस्तुत गरेकाे २०६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

सनराइजर्सका लागि अभिषेक शर्माले सर्बाधिक ५९, हेनरिक क्लासेनले ४७ रन, इशान किशनले ३५ रन र केमिन्दु मेन्डिसले ३२ रन बनाएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको लखनउले मिचेल मार्शको ६५ र एडन मार्क्रमको ६१ रनको सहयोगले ७ विकेट गुमाउँदै २०५ रन बनाएको थियो।

यो खेलपछि लखनउसँगै चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्स प्लेअफको दौडबाट बाहिरिएका छन्।

गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु, पञ्जाव किंग्स प्लेअफमा पुगेका छन्। त्यस्तै एक स्थानको लागि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धामा छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको