अन्तरविद्यालय फुटबल हुने


काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ १५ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन्। चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन्।

त्यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई जनही २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ। एनआईसी एकेडेमी साविक विजेता हो। पहिलो संस्करणमा नोब्स च्याम्पियन बनेको थियो।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। जेठ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेहलरु चवहिलमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको