कान्तिपुर हाफ म्याराथन जेठ १७ गते


काठमाडौं । ‘कान्तिपुर हाफ म्याराथन’ को १३औं संस्करण यही जेठ १७ गते आयोजना हुने भएको छ । आयोजक कान्तिपुर पब्लिकेसन्स लिमिटेडले आइतबार पत्रकार सम्मेलन गर्दै ‘लेट्स रन फर ग्रिनर टुमारो’ नारा सहित हाफ म्याराथन गर्ने जानकारी दिएको छ ।

सिटी म्याराथनको अवधारणामा हुँदै आएको कान्तिपुर हाफ म्याराथनमा महिला र पुरुष गरी विभिन्न ४ विधा समावेश छ । कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ ।

त्यस्तै अन्य ३ विधामा कर्पोरेट एन्ड सेलेब रन ५ किमी, कलेज रन ७ किमी तथा हिवलचेयर रेस ३ किमि हुनेछ । विभिन्न विधामा गरी २५ सय धावकले सहभागिता जनाउने आयोजकले विश्वास लिएको छ । ‘कान्तिपुर हाफ म्याराथन’ नेपाली एथलेटिक्सकै प्रतिष्ठित रनको रूपमा रहेको आयोजकको दाबी छ ।

यसपटक पुरस्कार राशीमा वृद्धि गरिएको आयोजकले जनाएको छ । मुख्य विधा कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पाउने छन् । त्यस्तै दोस्रो देखि छैटौं हुनेले क्रमश: ७५, ५० ३०, २० र १० हजार पाउने छन् ।

ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउने छन । कर्पोरेट र सेलेब रन तथा कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट हृयाम्पर पाउने छन् । हाफ म्याराथनमा कोर्ष रेकर्ड बनाउने खेलाडीले २५ हजार पाउने छन् ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, वानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी कटुन्जे रोडबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर हुदै सेन्ट्रल विजनेस पार्क अगाडि आएर दौड टुगिने छ ।

सन्तोषी श्रेष्ठ, पुष्पा भण्डारी, पूर्णलक्ष्मी न्यौपाने, राजन रोकाय, खड्गबहादुर खड्का, गोपीचन्द्र पार्की लगायत खेलाडीले हाफ म्याराथनमा सहभागिता जनाउने छन् ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मण्डला, माइतीघर, थापाथली हुदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल विजेनस पार्कवाटै सुरु हुने ह्विललचेयर रन, थापाथली, माइतीघर मण्डला, विजुली बजार पुल अगाडिबाट फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिने छ।

कलेज रन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुनेबाट फन्को लगाएर बानेश्वर, मण्डला माइतीघर हुदै सेन्ट्रल विजनेस पार्क अगाडि आएर दौड दुगिने छ ।

२०६७ सालमा आयोजित पहिलो संस्करणमै १ हजारभन्दा धेरैले सहभागी भएका थिए । २०६८ सालमा १ हजार ५ सय जना दौडिए । २०६९ सालमा सहभागी संख्या हजारभन्दा बढी पुगेको थियो। मुख्य स्पर्धा हाफ म्याराथनमा मात्रै ८१२ धावकले प्रतिस्पर्धा गरेका थिए।

२०७० सालमा १ हजार ३ सय ६५ जना पुगेको थियो । त्यस्तै २०७१ सालमा २ हजार ३ सय जना दौडिएका थिए भने २०७२ सालमा १ हजार ६ नय ५७ जना सहभागी भएका थिए। २०७३ सालमा १ हजार ५ सय बढी दौडिएका थिए । २०७५ सालमा अहिलेसम्मकै सबैभन्दा बढी २ हजार ५ सय ६० सय जनाले ‘कान्तिपुर हाफ म्याराथन’ मा सहभागिता जनाएका थिए।

महिला र पुरुषका लागि समान पुरस्कारले पनि कान्तिपुर हाफ म्याराथनप्रति खेलाडीको आकर्षण बढाएको र यसले कान्तिपुर हाफ म्याराथन घरेलु भूमिमा आयोजना हुने दौडमध्येकै प्रतिष्ठित बनेको पनि आयोजकको दावी छ ।

कान्तिपुर हाफ म्याराथन महिलातर्फ कान्छीमाया कोजुले ५ पटक र पुरुषतर्फ हरिकुमार रिमालले ४ पटक जितिसकेका छन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

कान्निपुर पब्लिकेशन्सले पहिलो सात संस्करण आफ्‌नो वार्षिकोत्सवसँगै फागुन ७ गते नै ‘कान्तिपुर हाफ म्याराथन’ आयोजना गर्दै आएको थियो। यसलाई छुट्टै विधा बनाउने लक्ष्यसहित आठौं संस्करणदेखि फरक मिनिमा प्रतियोगिता आयोजना गर्न थालेको आयोजकले जनाएको छ ।

नाम दर्ता खुला भईसकेको र जेठ १४ गतेसम्म दर्ता गर्न सकिनेछ । हाफ म्याराथनलाई नेपाल एथलेटिक्स संघको प्राविधिक हुनेछ ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको