वार्ड नं. ७ ले जित्यो काठमाडौं वडाब्यापी चेस उपाधि


१५ जेष्ठ, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. २२ ले सञ्चालन गरेको सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौं वडा नं. ७ ले जित्न सफल भएको छ।

काठमाडौं वडा नं. २२ संकटा मन्दिर प्राङ्गणमा सम्पन्न दुई दिने चेस प्रतियोगितामा विजेता टिमले १३ म्याच प्वाइन्ट बनाउने क्रममा ६ जीत र एक बराबर नतिजा निकालेका छन्। पहिलो स्थान प्राप्त गरेको टिमले नगद पुरस्कार रु. ५० हजार , आकर्षक ट्रफि, मेड प्राप्त गरेका छन्।

विजेता वडा नं. ७ का सिएम पुरुषोत्तम चौलागाईंले पहिलो वोर्डमा खेल्दै बद्रीलाल नेपाली सँग बराबर खेलि बाकी ६ जना प्रतिस्पर्धी माथि जीत दर्ता गरेका छन्।

दोश्रो वोर्डमा सिएम भगवती प्रसाद शर्माले महेश्वरलाल डंगोल सँग बराबर गरि अन्य ६ प्रतिस्पर्धी सित जित निकालेका छन्।

तेस्रो वोर्डमा यू १६ का सजल न्यौपानेले ३ जित र एक खेल बराबर खेलि टिमलाई महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

यसैगरी काठमाडौं वडा नं. २७ ले दोश्रो स्थान प्राप्त गर्दै नगद रु. ३५ हजार हात पारेका छन्। टिमले ७ चरणको खेलवाट ११ म्याच प्वाइन्ट जोड्ने क्रममा ४ जीत र ३ बराबर खेल पस्केका छन्।

जसमा पहिलो वोर्डका राजेन्द्र बज्राचार्यले ३ जीत, २ बराबर खेलेका छन्। दोश्रो वोर्डमा महेश्वरलाल डंगोलले ५ जीत १ बराबर र तेस्रो वोर्डमा महिला खेलाडी बिनिता कपालीले ५ जीत निकाल्दै टिममा योगदान पुर्‍याएका छन्।

यस्तै काठमाडौं वडा नं. २ ले तेस्रो स्थानमा रहदै नगद रु. २५ हजार प्राप्त गर्न सफल भएका छन्। यस क्रममा टिमले १० म्याच प्वाइन्ट र टाइब्रेकर १३.५ अंक जोडेका छन्।

वडा नं. २ टिमको पहिलो वोर्डमा सिएम पुरुषोत्तम सिलवाल अपराजित रहँदै ७ स्कोर, दोश्रो वोर्डका पवन क्षेत्रीले ४.५ स्कोर र रिदम रिमालले ब्यक्तिगत २ स्कोर गरेका छन्।

यस्तै काठमाडौं वडा नं. १४ ले चौथो स्थानमा उभिएर नगद पुरस्कार २० हजार प्राप्त गरेका छन्। चौथो बन्ने टिमले १० म्याच प्वाइन्ट र टाइब्रेकर १२.५ अंक बनाएका छन्।

वडा नं. १४ टिमको पहिलो वोर्डमा राजेन्द्र महर्जनले ५ जीत, दोश्रो वोर्डका अर्जुन महर्जनले ४.५ र तेस्रो वोर्डमा खेलेका आयान जोशीले ब्यक्तिगत ३ स्कोर गरेका छन्।

प्रतियोगितामा ब्यक्तिगत विधा तर्फ काठमाडौं वडा नं. २ का सिएम पुरुषोत्तम सिलवाल पहिलो वोर्ड , वडा नं. ७ का सिएम भगवती प्रसाद शर्माले दोश्रो वोर्ड र वडा नं. ३ का अभिनव पाण्डेले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन्। उत्कृष्ट विधागत नगद पुरस्कार जनही १०-१० हजार हात पारेका छन्।

यसैबीच चन्द्रमान तुलाधरको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि संकटा क्लबका अध्यक्ष तथा एन्फाका प्रमुख कार्यकारी निर्देशक इन्द्रमान तुलाधरले विजेता टिमलाई पुरस्कार वितरण गरेका छन्।

२९ वटा वडाको सहभागी रहेको कार्यक्रममा बिशेष अतिथि नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, जनप्रतिनिधि अनिल हाडा, ललिता खड्गी, गीता परियार, महासंघका प्रवक्ता राजु ताम्राकार, सदस्य सुशील चौधरी, रमिला पोखरेल, प्रमुख निर्णायक सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको