काठमाडाैं ।।तेश्रो संस्करणको SAILUNG ULTRA RACE-2025 यहि जेठ ३१ गते शनिवार रामेछाप जिल्लामा आयोजना हुने भएको छ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजना र एथलेटिक्स परिवार, नेपालको समन्वय एबं प्राविधिक सहयोगमा संचालन हने SAILUNG ULTRA RACE -2025 मा महिला तथा पुरुषको खुल्ला ५५ कि.मि. दौड र ५ कि.मि.को दौड संचालन हुनेछ । “
उक्त अल्ट्रा दौड प्रतियोगिता सुनापाति वडा नं. ३ सांदी डांडाबाट शुरु भई सुनापाति डांडा, लहरे माने, भागे डांडा, खांडा देवी मन्दिर, गाल्पा भन्ज्याङ्ग, अग्लेश्वर डांडा, दोरम्बा बजार, सहिद पार्क, डांडा कटेरी, घले डांडा, दोरम्बा सैलुङ वडा नं. १ सैलुङमा सम्पन्न हुनेछ र प्रतियोगितामा ५५ कि.मि. दौडमा महिला तथा पुरुषमा प्रथम हुनेलाई रु.१ लाख, द्धितियलाई रु.५० हजार, तृतियलाई रु.२५ हजार, चौथा र पांचौलाई क्रमश रु.१० हजार र रु. ५ हजार, छैठौ देखि दशौं हुनेलाई रु.१ हजारका दरले नगद पुरस्कारको साथै पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको संयोजक एबं व्यवस्थापनको जिम्मेवारी सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिका अध्यक्ष लाल बहादुर मगर र एथलेटिक्स परिवार,नेपालका अध्यक्ष राजन खत्रीलाई दिइएकोछ ।
राष्ट्रिय खेलकुद परिषदको मुख्य सहयोग रहेको यस प्रतियोगितामा सुनापति गाउपालिका, खाडादेबी गाउपालिका, दोरम्भा सैलुङ गाउपालिका लगायत यि तिनै वटा गाउपालिकाका खेलकुद बिकास समिति र रामेछाप जिल्ला खेलकुद बिकास समिति लगायतका निकायहरुले प्रतियोगिता संचालनमा सहयोग गने भएका छन् ।
प्रतियोगितामा बिभागिय टिमका खेलाडी लगायत बिभिन्न निकाय र केहि बिदेशी खेलाडीहरु सहित करिव १५० जना खेलाडीको सहभागीता रहने र प्रतियोगिताको अनुमानित लागत रु.१९,००,०००/- (उन्नाईस लाख) रहेको छ ।
प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई जेठ ३० गते शुक्रबार बिहान ९ बजे दशरथ रंगशालाबाट प्रस्थान गर्ने गरि बस र खाना बसोवासको प्रबध मिलाईएको छ ।