किङस कलेजलाई सायम फुट्सलको उपाधी


काठमाडौँ। हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधी किङस कलेजले जितेको छ।

शुक्रबार भएकाे फाइनल खेलमा किङस कलेजले टेकस्पाइर कलेजलाई २-१ले पछि पार्दै उपाधी जितेको हो।

कुल २८ छात्र टिमको सहभागिता भएको यस प्रतियोगिताको आज समापन भएको छ।

सेमिफाइनल प्रवेश गरेका ४ टोलि मध्य टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४-३ ले र किङ्स कलेजले एन सि अम टि कलेजलाई ३-० ले हराउँदै फाइनल प्रवेश गरेका थिए। तृतीय स्थान भने ग्लोबल कलेजले १-० ले NCMT कलेजलाई हराउदै पक्का बनायो।

विजेताले ९० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइको थियो। हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी भएको थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको