आयोजक टिप टो स्पोर्टस एकेडेमीका दुवै टोलीलाई उपाधि


काठमाडौं। वडा अध्यक्ष यु-१४ फुटसल कपमा आयोजक टिप टो स्पोर्टस एकेडेमीले दोहोरो उपाधि जितेको छ।

शनिबार सम्पन्न खेलमा टिप टो ब्वाइज तथा गर्ल्स दुवैमा च्याम्पियन बन्यो। दुवै टोलीले फाइनलमा दिपज्योतिलाई पराजित गरे।

स्नुप र सेरेना उत्कृष्ट खेलाडी तथा जोनिक र लक्षिन उत्कृष्ट गोलकिपर चुनिए। यसैगरी ईशान र विबिसा उदियमान खेलाडी चुनिए।

एक दिने प्रतियोगितामा ब्वाइजतर्फ ६ र गर्ल्सतर्फ चार टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा तारकेश्वर नगरपालिकाका उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, वडा-११ का अध्यक्ष कविराज बस्नेत, वडा सदस्यलगायतको उपस्थिति थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको