
काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी महिला एसिया कप छनाेट अन्तर्गतकाे खेलमा लाओसको सामना गर्दैछ।
उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६:१५ बजेदेखि शुरु हुँदैछ। यस्तै नेपालकाे याे १००औँ खेल पनि हाे।
फिफा वरियतामा लाओस नेपालभन्दा पछाडीको टिम हो। नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने लाओस १०७औं स्थानमा रहेको छ।
यस प्रतियोगितामा नेपालले जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एएएफसी महिला एसियाली कप छनाेट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिम २१ सदस्यीय टिम छानेका छन्।
नेपाली टिम:
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर
डिफेन्डर: गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राणा र अमृता जैशी
मिडफिल्डर: विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल
फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल