टेनिस संघको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। नेपाल टेनिस संघको वार्षिक साधारण सभा बुधबार गोदावरीमा सम्पन्न भएको छ। साधारण सभाको टेनिस संघका अध्यक्ष मनोहरदास मुलले उद्घाटन गरे।

साधारण सभाले महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्म पारित गरेको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। ०८३÷८४ का लागि लेखा परिक्षक नियुक्ति गर्ने निर्णय पनि गरेको छ। साधारण सभामा केन्द्रका २१ तथा प्रदेशबाट १५ प्रतिनिधिको उपस्थिति रहेको संघले जनाएको छ।

साधारण सभाको उद्घाटन सत्रमा टेनिसका वरिष्ठ प्रशिक्षक शरद् लामा र यति डिस्टिलेरी प्रालिका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठलाई सम्मान गरिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको