स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा


काठमाडौँ। आयाेजक स्वीजरल्याण्डलाई हराउँदै स्पेन महिला युरोकपको सेमिफाइनलमा पुगेको छ।

शुक्रबार राति सम्पन्न क्वाटरफाइनलको खेलमा स्पेनले स्वीजरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

स्पेनको जितमा एथेनिया डेल कास्टिलो र क्लाउडिया पिनाले एक एक गोल गरिन्। खेलको ९० मिनेटपछिको इन्जुरी समयमा स्वीजरल्याण्डकी नोएल मार्टिजले रातो कार्ड पाएकी थिइन्।

स्पेनले सेमिफाइनलमा फ्रान्स र जर्मनीबीचको विजेतासँग खेल्ने छ। यो सेमिफाइनल खेल जुलाई २३ मा हुने छ।

यसअघि इटाली र इङल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको