काठमाडाैँ। त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु भयो।
अन्तराष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ।
दुई दिने कार्यक्रम बशअन्तरगत पहिलो दिन छनोट खेल भए। हरेक स्पर्धामा शीर्ष २० स्थान पाउनेको बिचमा दोस्रो दिन खेल हुने छ। प्रतियोगिता कुल ८ स्पर्धा समावेश गरिएका छन्।
३ कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा समावेश गरिएका छन्। प्रतियोगिताको विद्यालयका प्रमुख कार्यकारी निदेशक अजित लामाले उद्घाटन गरे।


