अन्तरविद्यालय पौडी सुरु


काठमाडौं। नेपाल पौडी संघको आयोजनामा प्रथम अन्तर विद्यालय उमेरसमूह पौडी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी २ दिने प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले पौडीको विकास÷विस्तारमा विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए। प्रतियागयतामा २ सय ५० खेलाडीको सहभागिता रहेको छ।
प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको संघका सदस्य एवं प्रतियोगिता संयोजक मुखिया लामाले बताए।पहिलो दिन २६ स्पर्धाको फाइनल भयो।

पहिलो दिन भएका स्पर्धाका विजयी खेलाडीलाई नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, प्रतियोगिता संयोजक मुखिया लामा र मातृका अस्पतालका प्रबन्ध निर्देशक सोना प्रधानलगायतले पुरस्कार प्रदान गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको