काठमाडाैँ। प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुलले ८४१ फिना अंक सहित पहिलो स्थान पायो।
निसर्ग बाटिका ५ सय ६९ दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल ३ सय ६९ अंक सहित तेस्रो भयो।
विजयी टोली तथा खेलाडीलाई प्रतिनिधी सभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी सघका अध्यक्ष जगतमान श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे।
सातदोबाटो स्थित खेलकुद परिसर केन्द्रमा भएको २ दिने प्रतियोगिताको समापन समारोहमा फुटबलको राष्ट्रिय टोलीका पूर्व कप्तानहरुलाई सम्मान गरिएको थियो।
प्रतियाेगितामा २५० विद्यार्थीको सहभागिता थियो। प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको प्रतियोगिता संयोजक मुखिया लामाले बताए। प्रतियोगितामा ५३ स्पर्धा समावेश थिए।


