प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मी सम्मानित


काठमाडौं। काठामाडौं जिल्ला क्रिकेट संघद्वारा नेपाल यु-१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मी सम्मानित भएका छन्।

संघले बुधबार आफ्नो छैटौं वार्षिक साधारण सभाका दौरान उनीहरूलाई सम्मान गरेको हो।

काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसिसी यु-१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए। उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतसहित २४६ रन प्रहार गरेका थिए।

सोहि अवसरमा महिला टिमकी खेलाडी कृष्मा गुरुङ, आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको